play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

नेपालमा स्पेनिस ला लिगाको लाइभ टेलिभिजनबाट नभई फेसबुकबाट मात्रै हेर्न पाइने

0

२९ साउन, स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ ।फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो ।नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा फेसबुकमार्फत मात्र आउने छ । जहाँ ३ सय ४८ मिलियन फेसबुक प्रयोगकर्ताहरु रहेको बताइन्छ ।फेसबुकले आउँदो एक सिजनको लागि मात्रै नभएर तीन सिजनको लागि प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौता गरेको हो । सम्झौता कतिमा भएको हो भन्ने खुलाइएको छैन ।फेसबुकमा खेल सित्तैमा हेर्न पाइने भए पनि त्यसमा अनेक विज्ञापन आएर हैरानी हुने हो कि भन्ने आशंका पनि गर्न थालिएको छ ।यस्तोमा फेसबुक ग्लोबल लाइभ स्पोट्र्सका निर्देशकले रोयटर्ससँग ला लिगाको लाइभमा विज्ञापन नदिइने भन्दै भविष्यमा कसरी अघि बढिन्छ भन्ने यकीन भइनसकेको पनि बताएका छन् ।
यसअघि भारतीय उपमहाद्वीपमा ला लिगा २०१४ देखि २०१८ सम्मका लागि ३२ मिलियन डलरमा सोनी पिक्चर नेटवर्कसले लिएको थियो फेसबुकले २०१७ मा मेजर लिग बेसबल मार्फत खेल लाइभ गर्न सुरु गरेको थियो । यसपटक ला लिगाकै लाइभका लागि सम्झौता गरेर फेसबुकले ठूलो फड्को मारेको बताइएको छ ।ला लिगाका डिजिटल स्ट्राटिजी प्रमुख अल्फ्रेडो बेरमेजोले फेसबुकमार्फत ला लिगाका खेल अझै धेरै दर्शकसम्म पुग्ने हुँदा आफूहरु खुसी रहेको बताएका छन् ।

Share.

Leave A Reply