एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै

0

साउन २९, एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ ।तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो पहिलो खेलमा जापानसँग खेल्दैछ ।एसियाली फुटबलको पावर हाउस जापान विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ ।एसियाली खेलकुदमा ओलम्पिक टिम अर्थात २३ वर्ष मुनिको राष्ट्रिय टोली सहभागि हुनेछन् ।टोलीमा तीन जना भने सिनियर खेलाडी पनि समावेश गर्न पाईन्छ । नेपालले एसियाडको तयारीका लागि थाईल्याण्डमा १० दिन विशेष प्रशिक्षण गरेको थियो ।
सो क्रममा खेलेका दुईवटा मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो ।बैंककमा प्रशिक्षण सकाएर नेपाली टोली गत आइतवार इन्डोनेसिया पुगेको हो ।एसियाडको समुह डि मा रहेको नेपालले समूह चरणमा जापानसँगै भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।

Share.

Leave A Reply