चैत २४,
फुटबलको विश्व वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहँदा दक्षिण अमेरिकी राष्ट्र ब्रजिल शीर्ष स्थानमा उक्लिएको छ । फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा चिरप्रतिद्वन्द्वी अर्जे्न्टिनालाई पछि पार्दै ब्रजिल १ नम्बरमा उक्लिएको हो । जर्मनी तेस्रो र चिली चौँथो स्थानमा यथावत छन् । दुई स्थान सुधारेको कोलम्बिया पाँचौ, फ्रान्स छँैठौं, बेल्जियम सातौं र पोर्चुगल आठौंमा छन् । शीर्ष १० भित्र अटाउने क्रममा स्वीट्जरल्याण्डले २ स्थान सुधार गरेको छ भने स्पेन १० औं स्थानमा यथावत छ । दक्षिण एशियामा इण्डियाले ३१ स्थान सुधार गरेको छ । इण्डिया १ सय १ औं स्थानमा उक्लिंदा ११ स्थान चिप्लिएको माल्दिभ्स १ सय ५१ र अफगानिस्तान १ सय ५३ औं स्थानमा छ । १३ स्थान उक्लिएको भुटान नेपालभन्दा ६ स्थानमाथि पुगेको छ । नेपालभन्दा मुनि बंगलादेश १ सय ९३ औं, श्रीलंका १ सय ९७ र पाकिस्तान २ सय ३ औं स्थानमा छन् ।
फिफाको नयाँ वरियता सार्वजनिक, नेपाल यथावत स्थानमा
0
Share.