साउनको अन्तिम सोमबार, देवघाटमा श्रद्धालुहरुको भिड

0

चितवन,साउन,२८ ।
आज साउन महिनाको अन्तिम सोमबार, देवघाटधामसहित चितवनका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा स्नान र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको हो ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।

Share.

Leave A Reply