play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

पाल्पा जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या दुई पुग्यो

0

तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा आइतबार भएको बलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

उपचारको क्रममा आइतबार बिहान तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डेको युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बगनासकाली गाउँपालिका ३ का ९ महिनाको निसान बस्यालको उपचारको क्रममा आइतबार नै ज्यान गएको थियो ।

ग १ च ६७४८ नम्बरको राेकिराखेकाे पिकअप जीप घिस्रिएर दुर्घटना हुँदा घाइते भएका बगनासकालि गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, उनका ५ वर्षीय छोरा नविन बस्याल र नवलपरासी सुनवल नगरपालिका २ प्रगतिटोलका ५१ वर्षीय रामजी चौघारीको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।

ठक्कर दिने जीप र चालक कमल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply