निशुल्क आँखा तथा स्वस्थ्य शिविर

0

चितवन, साउन, २७ ।
लायन्स क्लब अफ नारायणगढ मिड टाउनको आयोजनामा नि ः शुल्क आँखा तथा स्वस्थ्य शिविर सम्पन्न भएको छ । समाज कल्याण केन्द्र वृद्ध आश्रम देवघाटमा भएको कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ मिड टाउनका संस्थापक अध्यक्ष शिव प्रसाद पंडित प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पुरानो मेडिकल कलेजका चिकिस्सक डा. रुपेश यादव, भरतपुर आखाँ अस्पतालका प्राविधिक रमेश घिमिरे, अनिषा तिवारी, अस्मिता लामिछानेको समुहले विरामीको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो । निशुल्क रुपमा आयोजना गरीएको स्वास्थ्य शिविरमा दिइएका सेवा हरुमा सामान्य स्वस्थ्य परीक्षण,सुगर परीक्षण,क्षयरोग परीक्षण,दन्त शिविर र आँखा उपाचारको सेवा प्रदान गरीएको थियो । स्वास्थ्य शिबिर बाट ४६ जनाले स्वास्थ्य सेवा लिएको लायन्स क्लब अफ नारायणगढ मिड टाउनका अध्यक्ष राजन अधिकारीले बताउनु भयो । क्लबका सचिव कपिल आचार्यले संचालन गर्नुभएको कार्यक्रम गोविन्द राज पौडेलले संयोजन भएको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु विष्णु घिमिरे, रमेश घिमिरे लगायत क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply