play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

काँडाघारी इन्काउन्टरमा मारिएका अपहरणकारीको शव परिवारको जिम्मा लगाइयो

0

साउन,२६ ।
बालक अपहरण काण्डमा प्रहरीसँगको मुठभेड ९इन्काउन्टर०मा मारिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइएको छ । गत आइतबार काँडाघारीबाट अपहरण गरिएका बालक निशान खड्काको हत्या गरेपछि अपकारीलार्इ सोमबार प्रहरीको मुठभेडमा मारिएको थियो ।

शुक्रबार साँझ अबेर परिवारसँगको सहमतिपछि अपहरणकारी मानिएका गोपाल तामाङ र अजय तामाङको शव पोष्टमार्टम गरिएको थियो । त्रिवि शिक्षण अस्पताल पोस्टमार्टम गरिएपछि दुवैको शव परिवारको जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पोस्टमार्टमका क्रममा गोपालको शरीरबाट ३ ओटा गोली समेत निकालिएको छ भने उनको शरीरभरि १९ ओटा प्वाल परेको भेटिएको छ । खासमा उनलार्इ ११ वटा गोली लागेको बताइएको छ, केही प्वाल छर्राका कारण बनेको पोस्टमार्टममा संलग्न चिकित्सकहरुको भनाइ छ । अजय तामाङको शरीरमा भने ४ ओटा गोली लागेको ११ ठाउँमा प्वाल परेको जनाइएको छ ।

इन्काउन्टरका क्रममा १९ राउण्ड गोली चलेको प्रहरीले बताएको थियो । पोस्टमार्टमपिछ शव जिम्मा लिएका अजय तामाङका आफन्तले दाहसंस्कारका लागि शव नुवाकोट लगिसकेका छन् । गोपालका परिवारले भने मृतकको अन्तिम संस्कार काठमाडौंमै गर्ने जनाइएको छ ।

Share.

Leave A Reply