वितण्डा मच्चाएर केही हुन्छ भन्ने सोचाइ गलत : अध्यक्ष दाहाल

0

साउन २६, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वितण्डा मच्चाएर केही हुन्छ भन्नु अज्ञानता मात्र भएको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो विचार राख्नुभएको हो । उहाँले स्थानीय, प्रादेशिक र संघीय सरकार जनतालाई धेरै सेवा प्रदान गर्न, विकास निर्माणका कार्यलाई गति दिन र जनतालाई अधिकारसम्पन्न बनाउन ल्याइएको बताउँदै विभिन्न व्यक्तिले यसलाई अलोकप्रिय बनाउन खोजेको आरोप लगाउनुभयो । आफू संघीयताको विरुद्धमा नरहेको तर तीन ओटै सरकारले कर थोपर्न थाले संघीयता धरापमा पर्न सक्ने औंल्याउनुभयो । प्रादेशिक सरकारको भूमिका फितलो भयो नि भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले संघीयता नयाँ राजनीतिक प्रयोग भएकाले केही अफ्ठ्यारा देखिनु स्वाभाविक रहेको भन्दै त्यसको समाधानतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।
सरकार अधिनायकवादी भयो भन्ने आरोपको खण्डन गर्दै उहाँले अहिलेको सरकार सबैप्रति उदार रहेको बताउनुभयो । विभिन्न प्रकारका वितण्डा मच्चाउनु अज्ञानता भएको बताउँदै उहाँले सरकार सधैं संवाद, सहकार्य र सहमतिबाट अघि बढ्न चाहेको जिकिर गर्नुभयो ।

Share.

Leave A Reply