play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

नक्कली शैक्षिक प्रमाणपत्र अघि बढ्दै: सीआइबीकै कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्र रहेको खुलासा

0

श्रावण २५, जघन्य प्रकृतीका अपराधको अनुसन्धान गर्ने निकाय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीमा कार्यरत एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्रपेश गरि बढुवा भएको रहस्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीआईवीमा कार्यरत प्रहरी हवल्दारसन्जीव विक्रम शाहले नक्कलीशैक्षिक प्रमाणपत्रपेश गरी बढुवा भएको दावी गरेको हो । उनीविरुद्ध आजबिशेष अदालतमा मुद्दा दायर गरेको पनि अख्तियारले जनाएको छ । भारतको गोरखपुरमा रहेको एक कलेजबाट प्रविणतापत्र तह उत्तिर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उनी जवानबाट हवल्दार पदमा बढुवा भएको दावी अख्तियारको छ । शाहविरुद्ध परेको उजुरीका आधारमा छानबिन गर्दा प्रमाणपत्रमा उल्लेख कलेजमा उनले अध्ययन नगरेको पाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो । शाहको कार्य भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ अनुसारको कसुर भएकोले उनलाई सोही बमोजिम जरिवाना र कैद सजाय मागदाबी अख्तियारले गरेको छ । गत बुधबार मात्र अख्तियारले उदयपुरको रामपुर ठोक्सिलास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत सइ राजेशकुमार चौधरीविरुद्ध पनि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

Share.

Leave A Reply