play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

थाइल्यान्डमा रहेको नेपाली टोली थाइल्यान्डको युवा टोलीसँग ४–० ले पराजित

0

साउन २५ । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि थाइल्यान्डमा अभ्यासरत् नेपाली टोलीले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार व्यहोरेको छ ।आज भएको खेलमा नेपाल थाइल्यान्डको युवा टोली (यु–२३)सँग ४–० ले पराजित भएको हो ।मध्यान्तरसम्म १–० ले पछि परेको नेपालले मध्यान्तरपछि ३ गोल खाएको थियो ।यसअघि, पहिलो अभ्यास खेलमा नेपाली युवा टोली मंगलबार स्थानीय पुलिस टेरोको ‘बी’ टिम सँग १–० ले पराजित भएको थियो ।यो हारसँगै नेपालको थाइल्यान्ड अभ्यास पनि सकिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्डोनेसियामा अर्को हप्ता सुरु हुने एसिया कप र भदौ १९ गतेदेखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि २७ सदस्यीय टोली थाइल्यान्ड पठाएको थियो । अब एसियाड खेल्ने टोली थाइल्यान्डबाट इन्डोनेसिया जानेछ ।एसियाडमा फुटबलतर्फ २३ वर्षमुनिको टोलीले प्रतिस्पर्धा गर्दछ । तर, ओलम्पिकको नियमअनुसार तीनजना सिनियर खेलाडी राख्न सकिन्छ ।एसियाडको समूह ‘डी’मा रहेको नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समावेश छन् ।पहिलो खेलमा नेपालले साउन २९ गते मंगलबार जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

Share.

Leave A Reply