play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

रत्ननगरमा विकृति विसंगति मुक्त वडा बनाउन अभियान सुरु

0

साउन २५ । रत्ननगर नगरपालिका वडा न.१५ वडा कार्यालयले विकृति विसंगति मुक्त वडा बनाउन अभियान सुरु गरेको छ । अभियानको उद्घाटन गर्दै उपमेयर विमला दुवाडीले विकृतिले घर संगै समाज पनि तहसनहस पारेको बताइन । अभियान अन्तर्गत वडामा नसालु पदार्थ सेवनमा रोक लगाउने,जुवातास मुक्त बनाउने,चेलिबेटी बेचविखनललाई अन्त्य गर्ने,वालमैत्री वडा निर्माण गर्न कार्यक्रम सञ्चालन गरिने वडाध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए । त्यसैगरी विद्यालय क्षेत्रबाट २०० मिटर सम्म मध्यपान र धुमपान निषेधित क्षेत्र घोषणा गर्ने,मदिरा पर्दाथ बेचविखनको समय निर्धारण गर्ने,घरायसी मदिरा ओसारपसार हुने नाकामा कडा निगरानी गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी सचिव लीलादेवी पोखरेल,शिवालय टोल विकास संस्थाकी अध्यक्ष रेणु ढकाल,आधारभूत विद्यालयका अध्यक्ष रमेश लामिछाने,नेकपाका आशिष तामाङ,द्रोण लामिछाने,पञ्चकन्या प्रहरी चौकीका प्रमुख सयजीत पासवान,वडा सदस्यहरु रामकृष्ण खड्का,रामबहादुर लामा लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा रुपबहादुर पण्डितले कार्यक्रम सञ्चालन गरेका थिए ।

Share.

Leave A Reply