play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

कर बृद्धिको बिरोधमा रत्ननगरमा सात राजनीतिक दलहरुद्वारा कोण सभा

0

साउन २५ । रत्ननगरमा रहेका सात राजनीतिक दलहरुले नगरपालिकाले कर वृद्धि गरेको विरोधमा शुक्रवार कोणसभा गरेका छन । कर बृद्धिको विरोधमा आन्दोलन सुरु गरेका सात राजनितिक दलहरुले नगरपालिकाको गेटमा कोषसभा गरेका हुन । कार्यक्रममा काँग्रेस नगर सभापति रुपनराज घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका पिताम्वर आचार्य,राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का गोविन्द अधिकारी,नेकपा मालेका नगर सचिव रामहरि लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठाले मन्तव्य राखेका थिए । कार्यक्रममा उनीहरुले बृद्धि गरिएको तत्काल फिर्ता दिन नगरपालिकालाई आग्रह गरेका थिए । यता मेयर नारायण वनले करको दर बृद्धि नभई दायरा बढेको बताए । हुनेले बढि तिर्ने र नहुनेले कम तिर्ने गरी करको दायरा बृद्धि गरिएको उनको भनाइ छ ।

Share.

Leave A Reply