play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

समर डान्स क्याम्पमा चितवन बोर्डिंग स्कुल सर्बोकृष्ट

0

 

नारायणी कला मन्दिर नारायणगढ़ले आयोजना गरेको समर डान्स क्याम्प  (नि:शूल्क नृत्य प्रशिक्षण कक्षा) सम्पन्न भएको छ / १५ दिन सम्म चलेको सो क्याम्पमा  नारायणगढ़को चितवन इङ्गलिस बोर्डिङ्ग स्कूल सर्बोकृष्ट स्थान हासिल गरेको छ /यसै गरी आदिकवि भानुभक्त मा.वि.ले उत्कृष्ट  र नारायणी नमूना मा.वि.ले सान्त्वना  स्थान प्राप्त गरेका छन् ।  प्रशिक्षणको समापन समारोहमा सहभागी विद्यालहरूले आ आफ्नो प्रस्तुति दिएका थिए  । कार्यक्रमको  समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले छोटो समयमै राम्रो प्रदर्शन गर्नु विद्यार्थीहरूका लागि ठूलो उपलब्धि रहेको बताउनुभयो । विद्यार्थी जीवनमा अतिरिक्त क्रियाकलापको पनि जानकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नारायणी कला मन्दिर र उद्योग वाणिज्य संघ एक अर्काका परिपूरक रहेको उल्लेख गर्दै उहाँले आगामी पुस २५ देखि माघ ४ गतेसम्म चल्ने चितवन महोत्सवमा कला मन्दिरले सांस्कृतिक कार्यक्रममार्फत सहयोग गर्नेमा आफू विस्वस्त रहेको बताउनुभयो । सोही क्रममा बोल्दै नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले प्रशिक्षण कक्षामा विद्यार्थीहरूको प्रस्तुति उत्साहजनक रहेको स्मरण गर्दै कला, साहित्य र संस्कृतिको उत्थानका लागि नारायणी कला मन्दिर तत्पर रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष प्रभात कुमार जोशीले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको प्रतिभा निखार्न सहयोगी बन्ने धारणा राख्नु भयो /चितवन ईंग्लिश स्कुलका प्रिन्सिपल केशवकुमार श्रेष्ठले कला मन्दिरले गरेको रचनात्मक कामको प्रशंसा गर्नु  भयो /१५ दिनसम्म चलेको कक्षामा चितवनका  विभिन्न विद्यालयका ६० जना विद्यार्थीहरू सहभागी थिए । सहभागीहरुलाई सुमित लामा र निरज घिमिरेले प्रशिक्षण दिनु भएको थियो/

Share.

Leave A Reply