play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

माडी-५ ब्रहमपुरिमा सामुदायिक भवन निर्माणमा जुटे स्थानिय

0

साउन २५, माडी नगरपालिका ५ ब्रहमपुरिका स्थानियहरु आफ्नो ठाउमा एउटा सामुदायिक भवन निर्माण गर्न जुटिरहेका छन । आफ्नो क्षेत्रमा सामुदायिक भवन नहुदा मिटिङ,भेला,छलफल र साना साना कार्यक्रम गर्न निकै अप्ट्यारो परेपछि भवन आफै निर्माण गर्नुपर्छ भन्ने उदेश्य स्थानियहरु अग्रसर बनेका हुन्।

स्थानिय कृष्ण सुबेदिका अनुसार गत साल देउशि भैलोबाट ६५ हजार रुपैया संकलन गरेका उनिहरु शिक्षक झलक बराल र स्थानिय शिब चापागाईको जग्गा सहयोगमा भवन निर्माणमा जुटेका हुन । जग्गा सहयोग पाए पछि हाल सम्म टस्ट लगाउने काम सहित १ लाख ५ हजार खर्च भै सकेको छ ।

५० हजार ऋण गरेर टस्ट लगाउने कम सम्पन्न भएको छ अब भुइ ढलानको लागि र वाल लागाउने कामको लागी अझै १ लाख रुपैया आवश्यक हुने हुदा ब्रहमपुरिबाट बिदेश पुग्नु भएका सबै दाजुभाई हरुलाई आर्थिक सहयोग गरि भवन निर्माण लाई पुर्ण पारिदिनुहुन भवन निर्माण अभियन्ता गोबिन्द पोखरेलले सबैमा अनुरोध गर्नु भएको छ्।

Share.

Leave A Reply