play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

प्रचण्डको भारत र चीन भ्रमणको मिति टुंगियो

0

साउन २५ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत तथा चीन भ्रमणको मिति तय भएको छ । उनको भ्रमणको तालिका सार्वजनिक नगरिएको भए पनि आन्तरिक रुपमा भ्रमणको मिति टुंगो लागेको छ । प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने भएका छन् । त्यस्तै असोज एक गतेदेखि एकहप्ता लामो चीन भ्रमण गर्ने भएका छन् । नेकपाको एकिकरण पछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन् । प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि प्रचण्डले पहिले भारतको भ्रमण गर्ने निर्णय गरेका छन् ।

Share.

Leave A Reply