play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

युवा दिवसको अवसरमा युथवन युवा फेष्टिभल हुने

0

 

साउन २४, भरतपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर चितवनका सक्रिय १४ वटा युवा संस्थाहरूले संयुक्त रूपमा “युथवन – युवा फेस्टिभल २०७५” आयोजना गर्ने भएका छन् । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत बेटर चितवन तथा युथ वन फेस्टिभलकी कार्यक्रम संयोजक रोशनी श्रेष्ठले त्यसको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको पनि सहयोग रहेको कार्यक्रम दुई दिनसम्म चल्ने श्रेष्ठले बताउनुभयो । साउन २६ गते जिल्ला समन्वय समितिको सभाहलमा चित्रकला प्रदर्शनी, युवा प्रेरणा कार्यक्रम, होगाथोन (धेरै खाने प्रतियोगिता) लगायतका कार्यक्रमहरू हुने बताइएको छ । त्यसैगरी साउन २७ गते युवा संस्थाहरूबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिने जनाइएको छ । कार्यक्रम संयोजक रोशनी श्रेष्ठलेे कार्यक्रममा पाँच सयभन्दा बढी युवाहरू सहभागी हुने लक्ष्य लिइएको बताउनुभयो । उहाँले यस फेस्टिभलले युवाहरूको व्यक्तित्व विकास गर्न र तिनलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने बताउनुभयो । हरेक वर्ष अगष्ट १२ मा मनाइने  अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको प्रमुख नारा ‘युवाहरूको लागि सुरक्षित स्थान’ रहेको छ ।

Share.

Leave A Reply