play_circle_outline On Air

साप्ताहिक भेट

play_circle_outline On Air

साप्ताहिक भेट

सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई बीमाबापत १० लाख दिने तयारी

0

२३ साउन,सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई बीमाबापत १० लाख दिने तयारी शुरु गरिएको छ । तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी तयारी शुरु भएको हो। ५ लाख रुपैयाँ रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गरी १० लाख रुपैयाँ बनाउन यातायात व्यवस्था विभागले योजना अघि सारेको हो ।यातायात समितिहरू अस्तित्वमा नरहने भएपछि क्षतिपूर्ति रकम कम पाउने अवस्था आएको छ । त्यसै कारण सरकारले बीमाको प्रिमियम बढाएर क्षतिपूर्ति बढाउन लागिएको हो ।सवारी दुर्घटनामा मृत्यु भए मृतकका परिवारलाई बीमा कम्पनीले हाल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ । ५ लाख रुपैयाँ बीमा रकम एकदमै कम भएको गुनासाहरु आएपछि विभागले यसलाई शतप्रतिशत बढाउने गरी तयारी शुरु गरेको हो ।यसैगरी सवारी दुर्घटनामा घाइतको उपचारका लागि ३ लाख रुपैयाँ बीमा कम्पनीबाट वहन हुदै आएको छ । यसलाई समेत वृद्धि गर्नका विभागले बीमा कम्पनीबाट प्रस्ताव माग गरेको छ ।
विभागले बीमा रकमसहित प्रिमियिम शुल्क समेत के-कति रकमसम्म बढाउन सकिन्छ भनेर बीमा समितिसँग प्रस्ताव माग गरेको छ ।विभागले बुधबार बीमा समितिसँग १५ दिनभित्र तेस्रो पक्ष बीमा रकम बढाउन प्रस्ताव माग गरेको प्रवक्ता तुलसीराम अर्यालले बताए । बीमा रकम बढेसँगै बीमा प्रिमियम पनि बढ्नेछ ।सिण्डिकेट अन्त्य भइसकेपछि यातायात क्षेत्र सुधारको बीमा रकम बढाउन लागिएको उनले बताए ।

Share.

Leave A Reply