play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

नेपालका चार खेलाडी आइसीसी टी ट्वान्टी बरियताक्रममा पर्न सफल

0

साउन २२,नेपालका चार क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टि ट्वान्टी बरियताक्रममा पर्न सफल भएका छन् । सोमबार आईसीसीले सार्वजनिक गरेको टि ट्वान्टी बरियताक्रममा नेपालका पारस खड्का लगायतका चार खेलाडी पर्न सफल भएका हुन् । टी ट्वान्टी बरियताक्रमममा पर्ने अन्य खेलाडीहरुमा कप्तान खड्कासहित सोमपाल कामी, शरद भेषवाकर र वसन्त रेग्मी रहेका छन् ।
खड्का ब्याटिङतर्फ ९० औं स्थानमा पर्न सफल भएका छन् भने रेग्मी बलिङतर्फ ७१ औं स्थानमा परेका छन् । त्यस्तै कामी बलिङतर्फ ९२ औं स्थानमा परेका छन् भने भेषवाकर ब्याटिङतर्फ ९८औं स्थानमा परेका छन् । कप्तान खड्काले वेष्ट इन्डिजका चर्चित ब्याट्सम्यान कैरोन पोलार्ड, अष्ट्रेलियाका पूर्वकप्तान जर्ज बेली, वेष्ट इन्डिजका पूर्व कप्तान डारेन सामीलाई पनि पछि पारेका छन् भने वसन्त रेग्मीले भारतका चर्चित स्पिनर तथा अलराउण्डर रविन्द्र जडेजा, पाकिस्तानका उस्मान खान, इंल्यान्डका बेन स्टोक्स, श्रीलंकाका कप्तान एन्जेलो मथेवस, अष्ट्रेलियाका मार्कुस स्टोइनिसलाई समेत पछि पारेका छन् ।

Share.

Leave A Reply