चैत २३,
१६ वर्षमुनिको नेक्सस कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आजबाट राजधानीमा सुरु हुँदैछ । प्रतियोगितामा ७ वटै प्रदेशका २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३ सय ९२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने मौका पाउने छन् ।
१७ दिनसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेक्सस क्रिकेट एकेडमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिनुभयो । १६ वर्षमुनीका खेलाडी मात्रै सहभागी गराउने प्रतियोगितामा खेलाडीको उमेर परिक्षण उनिहरुको शैक्षिक प्रमाणपत्र र बोन टेस्टबाट गरिने आयोजकले जनाएको छ ।
२८ वटा टिमलाई ४ समूहमा विभाजन गरिएको छ, हरेक टिमले लिग चरणमा ६–६ वटा खेल खेल्नेछन् । बुढानिलकण्ठ आवासीय माध्यामिक विद्यालयका २ वटा मैदान, ल्याब्रोटरी स्कुल कीर्तिपुर र त्रिवी क्रिकेट मैदान गरि ४ वटा मैदानमा खेलाइने प्रतियोगिताको लागि ५८ लाख रुपैयाँ खर्च हुने आयोजक नेक्सस क्रिकेट एकेडमीले जानकारी दिएको छ ।
आजदेखि नेक्सस कप क्रिकेट सुरु हुँदै
0
Share.