play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सरकारको ठहर

0

हेटौंडा, साउन, २२ ।
सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निश्कर्षसहितको प्रतिवेदन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तायर गरेको हो । कार्यदलका एक सदस्यका अनुसार करिब ३० करोड खर्च गर्दा उद्योग फेरि सञ्चालनमा ल्याउन सकिने निश्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ । प्रतिवेदनले उद्योग चलाउन विभिन्न मोडालिटी पनि प्रस्ताव गरेको छ । जसमा सेनाको एकल लगानीदेखि सरकारकोर सेनाको संयुक्त लगानीसम्मका मोडालिटी छन् । उद्योग चलाउने निर्णय गर्न अर्थमन्त्रालयले स्वीकृति दिनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदबाट निर्णय भएमा उद्योग सञ्चालनको तयारी सुरु हुनेछ ।

Share.

Leave A Reply