play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

दोस्रो अन्डर –१५ साफ च्याम्पियनसिप खेल्न महिला फूटबल टोली भुटान प्रस्थान

0

साउन, २२ ।
भुटानमा हुने दोस्रो अन्डर–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग¥यो । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । समूह ‘ए’ मा भारत, आयोजक भुटान, अफगानिस्तान र श्रीलंका छन् । नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ । बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ ।

Share.

Leave A Reply