play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

इंङ्गलिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड र एभर्टन बराबरीमा

0

चैत २३,
इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टन १–१ गोलको बराबरीमा रोकिएका छन् ।
म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलको सुरुमै एभर्टनका फिल जगेल्काले पहिलो गोल गरेका थिए ।
दोस्रो हाफको अन्तिम समयमा म्यान्चेस्टर युनाईटेडले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई गोलमा बदल्दै ज्लातन ईब्राहिमोभिचले खेल बराबरी गरेका हुन् ।
प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा लेष्टर सिटीले सण्डरल्याण्डलाई तथा वाट्फोर्डले वेष्ट ब्रोमलाई समान २–० ले हराएका छन् । यस्तै बर्नलेले स्टोक सिटीलाई १–० ले पराजित गरेको छ ।
प्रिमियर लिगमा अहिलेसम्म २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

Share.

Leave A Reply