अब एसिया कप हाम्रो लागि ठूलो अवसर हो: कप्तान खड्का

0

२१ साउन,नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले समग्रमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेकाले अन्तर्राष्ट्रिय क्रिकेटका आगामी प्रतियोगिता तथा शृङ्खलाहरुका लागि उत्साहित बनाएको बताएका छन् ।ऐतिहासिक सफलता हासिल गर्दै राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किने क्रममा कप्तान खड्काले आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले एसिया कप हाम्रोलागि राम्रो अवसर भएको बताए ।पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली टोली सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार बिष्टलगायतले स्वागत गरेका थिए ।गत चैतमा पहिलो पटक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेको थियो ।दुई खेलको शृङ्खलामा नेदरल्याण्ड्सको मैदानमा नेपालले १-१ को बराबरी गरेको हो ।पहिलो खेलमा ५५ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा एक रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो ।

Share.

Leave A Reply