साउन २० । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवं संसदीय सुनुवाई समितिको सभापतित्व गर्दै आएका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले सुनुवाई समितिले गरेको निर्णय संविधानसम्मत् रहेको दावी गरेका छन् ।आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीका बारेमा समितिले गरेको निर्णयको बचाउ गर्दै उनले समिति नै संविधानले निर्दिष्ट गरेर गठन भएको बताए।उनले संवैधानिक परिषदको निर्णय नै अन्तिम नहुने दावीसमेत गरे ।सुनुवाई समितिको बारेमा नियामावली बनाउँदा कुनै विवाद नरहेको उल्लेख गर्दै उनले दुई तिहाईले समितिबाट अस्विकृत गरेको निर्णय संविधानसम्मत् रहेको र यसलाई सबैले मान्नुपर्ने बताए।
फरक प्रसँगमा उनले न्यायाधीशहरुको शैक्षिक प्रमाणपत्रको विषयमा सुनुवाई समितिले छानबिन तथा कारबाही गर्न नसक्ने स्पष्ट पारे । सोही कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायाधीश दिकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरिनुले संसदीय सर्वोच्चना पुष्टि भएको बताए ।आफू सुनुवाई समितिको निर्णयको पक्षमा रहेको सुनाउँदै उनले समितिको निर्णय अक्षरशः पालना हुनुपर्ने बताए ।उनले सरकारको कामकारबाहीबारे प्रतिपक्षी दलले आलोचना गर्न पाउने बताए ।
संसदीय सुनुवाई समितिको निर्णयले अन्याय भयो भन्न नमिल्ने संसदीय सुनुवाई समितिका सभापति कर्णको भनाइ
0
Share.