play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

मतदाता शिक्षा कार्यकर्ता तालिम आजबाटसुरु

0

चैत २२,
आगामी स्थानीय तह निर्वाचनामा प्रत्येक घर पुगेर मतदातालाई सुसूचित गर्नका लागि २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने उद्देश्यले मंगलबार देशैभर एकसाथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको निर्वाचन हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ ।
निर्वाचन आयोगले देशका ७५ जिल्लामा एकैसाथ यो तालिम सुरु गरेको हो । मतदाता शिक्षा स्वयंसेवकले तालिम पछि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातालाई मतदाता शिक्षा सिकाउनुपर्ने जिम्मेवारी छ ।
गत संविधानसभाको तुलनामा यसपटक १९ लाख २१ ह्जार ८ सय ४९ मतदाता थपिएका छन् । एउटा मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ मतदाताका दरले एक महिनामा ६ सय ७० मतदातालाई भोट खसाल्ने तरिकाबारे घरघरमा पुगेर व्यावहारिक रुपमा शिक्षा दिनेछन् ।
मतपत्र ६ आकारका छन् । यसपटक एउटा मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसहित सातजनालाई भोट खसाल्नुपर्नेछ ।
दलगत रुपमा भएका निर्वाचन चिह्न तेर्सो एकै लाइनमा रहेको हुन्छ । स्वतन्त्र उम्मेदवारले भने स्वतन्त्र समूहबाट आयोगले तोकेको चिह्न पाउँछन् ।
पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २ सय ५० जना सहभागी छन् । सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिनुभयो । तीन चरणमा गरिने प्रशिक्षणमा ७ सय ५० जनालाई प्रशिक्षण दिइनेछ ।

Share.

Leave A Reply