play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

माइभ्याली गोल्डकपः सशस्त्र सेमिफाइनलमा

0

चैत २२,
सशस्त्र प्रहरी एपिएफ क्लब इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले हराएर सशस्त्र सेमिफाइनलमा पुगेको हो ।
सशस्त्रलाई जिताउन नविन लामाले वान भर्सेस वानमा बल जाली चुमाएका थिए । उनले खेलको १७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा जिताउन खम्बाका रुपमा उदाएका लामा मंगलबारको खेलमा म्यान अफ दि म्याच घोषित भए । उनले नगद ७ हजार रुपैयाँ पाए ।
बाई पाएर क्वाटरफाइनल खेलेको एपिएफ र संकटाको खेलसँगै क्वाटरफाइनल खेलको समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधबारबाट सेमिफाइनलका खेलहरु हुनेछ ।
प्रतियोगिता अन्तरगत बुधबार विभागीय टिमहरु नेपाल आर्मी क्लव र नेपाल प्रहरीबिच खेल हुनेछ ।

Share.

Leave A Reply