चैत २२,
विद्युत प्राधिकरणले मुलुकभर लोडसेडिङ अन्त्य भएको जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङले राजधानीमा आज पत्रकार सम्मेलन गरि मुलुकभर बिद्युत कटौती अन्त्य भएको बताउनुभएको हो । पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक घिसिंङले ४ सय ५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको भन्दै त्यसबाट बिद्युत उत्पादन भएपछि नेपालले बिजुली बिक्री गर्ने बताउनुभयो । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने उहाँको भनाई थियो । घिसिङले आगामी वैशाख देखि उद्योगहरुमा पनि २४ सै घन्टा विद्युत आपूर्ति हुने उल्लेख गर्नुभयो । अहिले उद्योगमा साँझ ४ घन्टा बाहेक देशको कुनैपनि भागमा लोडसेडिङ नरहेको उहाँको भनाई छ । भारतबाट आयात हुने बाहेक स्वदेशी आयोजनाबाट समेत आगामी वर्ष २ सय मेगावाट बराबर विद्युत् थप हुने उहाँले जानकारी दिनुभयो । प्राविधिक तथा गैर प्राविधिक दुवै प्रकारका विद्युत चुहावत न्युनिकरणका लागि विशेष अभियान संचालन गरेपछि सकारात्मक परिणाम देखिन थालेको प्राधिकरणले जनाएको छ ।
लोडसेडिङको अन्त्य हुँदैः विद्युत प्राधिकरण
0
Share.