साउन १९ । रत्ननगर २ मा रहेको राधाकृष्ण योग शाधना केन्द्रको शनिवार उद्घाटन गरिएको छ । पतञ्जली योग शाधना केन्द्र प्रदेश नं.३ का सदस्य एकनारायण भूषालले सो केन्द्र उद्घाटन गरेका हुन । योग प्रशिक्षण तथा शिविर सञ्चालनको लागि रत्ननगरमा सो केन्द्र स्थापना गरिएको पतञ्जली योग महिला समिति रत्ननगरकी अध्यक्ष गीता सिंखडाले जानकारी दिइन । केन्द्रले नियमित रुपमा योगा प्रशिक्षण कार्यक्रम गर्ने उनले जानकारी दिइन । यसैबीच साउन १२ गतेबाट सुरु भएको निशुल्क योग शिविर शनिवार सकिएको छ । ३५ जना सहभागी सो शिविरमा पतञ्जली योग समिति चितवनका अध्यक्ष रामप्रसाद ओस्ती,माधनप्रसाद बास्तोला,विष्णु वाग्ले,श्रीकान्त काफ्लेले प्रशिक्षण दिएका थिए । राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष हरि खवासको अध्यक्षतामा कार्यक्रम भएको हो ।
रत्ननगरमा योग शाधना केन्द्रको उद्घाटन
0
Share.