play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा पोथी गैंडा डार्ट गरि शुक्लाफाटा लैजान तयारी

0

चैत २२,चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण प्रक्रिया सुरु भएसंगै एउटा गैंडा शुक्लाफाटा लगिएको छ ।
हिजो (सोमबार) दुई वटा गैंडा शुक्लाफाटा लैजाने तयारी भएपनि एउटा मात्रै गैंडा शुक्लाफाटा पठाइएको छ । हिजो राती नै लगिएको गैंडा आज विहान ६ बजे कोहलपुर पुगि सकेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उहाँले हिजै दुई वटा गैंडा लैजाने तयारी गरिएपनि प्रतिकुल मौसमका कारण एउटा भाले गैंडा मात्रै डाट गरि पठाउन सकिएको बताउनुभयो । उहाँले आज दुई वटा पोथी गैंडा डार्ट गरि शुक्लाफाटा लैजान तयारी भईरहेको जानकारी दिनुभयो ।

हिजो बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई डाट (बेहोस बनाउने औषधि राखिएको गोली बन्दुकले हान्ने काम) गरि स्थानान्तरण गर्न सफल भएको हो । साँझसम्ममा सोही क्षेत्रबाट अर्को एक पोथी गैँडा डाट गरी शुक्लाफाँटा लैजाने तयारी गरिएको थियो ।

Share.

Leave A Reply