संसदीय सुनुवाइ समितिको बैठक सुरु

साउन १८ । संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई सिफारिस गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्नका लागि संसदीय समितिको बैठक बसेको हो । संसदीय समितिले पटक पटक बैठक बसेर पनि अनुमोदनका विषयमा निर्णय दिन सकेको छैन । आज समितिले निर्णय दिन सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन ।