play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कांग्रेसले बुझायो समितिमा बस्ने सांसदहरूको नाम, दुवै सदनले आजै सार्वजनिक गर्ने

0

साउन १७ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिहरूमा बस्ने सांसदहरूको नाम नपठाउँदा अन्योलमा परेको समिति गठनको बाटो खुलेको छ । संसदमा आफ्नो प्रतिनिधित्व अनुसार समिति सभापति हुनुपर्ने माग गर्दै आएको कांग्रेसले संघीय संसदका दुवै सदन, राष्ट्रियसभा र प्रतिनिधिसभा, का अध्यक्ष र सभामुखलाई आफ्ना सांसदहरू कुन कुन समितिमा बस्ने भनेर नामावली बुझाएको छ ।
कांग्रेसले आफ्ना सांसदहरू कुन कुन समितिमा बस्ने भनेर नामावली बुझाएको तर त्यसमा हेरफेर हुन सक्ने बताइएको छ। प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यहरूको नाम बिहीबारको बैठकमा सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको दैनिक कार्यसूचीको एक नम्बरमा रहेको उक्त सूचीमा ’प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम विषयगत समितिमा रहनुहुने माननीय सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने’ उल्लेख छ । त्यस्तै राष्ट्रियसभामा पनि विषयगत समितिमा रहने सदस्यहरूको नामावली सार्वजनिक गर्ने बताइएको छ । राष्ट्रियसभामा पनि यसअघि कांग्रेसबाट नाम नआएकाले उक्त कार्य रोकिएको थियो । संसद सुरु भएको केही समयमा नै गठन हुनुपर्ने संसदीय समितिहरू संसद सुरु भएको झन्डै ६ महिनापछि गठन हुन लागेका छन ।

Share.

Leave A Reply