play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

८ वर्षपछि पर्दामा रोमान्स गर्दै ऐश्वर्या र अभिषेक

0

मणिरत्नमको फिल्म ‘रावण’ पछि अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले सँगै काम गरेका थिएनन् । अब ऐश र अभिषेक ८ वर्षपछि सिल्भर स्क्रिनमा एकसाथ देखिने कन्फर्म भएको छ ।अनुराग कश्यपको फिल्म ‘गुलाब-जामुन’ को स्क्रिप्ट डेढ वर्ष अगाडि नै ऐश र जूनियर बच्चनलाई मन परेको थियो । त्यसबेला दुवैले यो फिल्म गर्न अस्वीकार गरेका थिए ।
हालैमा अभिषेक बच्चनले ‘रावण’ को सेटको एक पुरानो फोटो इन्स्टाग्राममा शेयर गर्दै फेरि दुवै एकसाथ देखिन लागेको कुराको पुष्टि गरेका छन् । ऐश्वर्याले हालैमा एक अन्तर्वार्तामा राम्रो स्क्रिप्ट नआएका कारण वर्षौदेखि फिल्ममा सँगै काम गर्न नसकेको बताएकी छन् ।
उनले भनिन्, ‘केहि स्क्रिप्टहरु आएका थिए तर हामीलाई मन परेन । व्यक्तिगत रूपमा हामीलाई अलग-अलग कहानी मनपर्छ, यसकारण अलग-अलग फिल्म गरिरहेका छौं ।’ ‘गुलाब-जामुन’ को कथा मन परेका कारण सँगै काम गर्न लागेको उनले बताइन् ।यो फिल्ममा अनुराग निर्देशक नभएर निर्माताको रुपमा छन् । अभिषेक र ऐश्वर्या रायले अहिलेसम्म ‘ढाई अक्षर प्रेम के’, ‘कुछ न कहो’, ‘धूम’, ‘उमराव जान’, ‘गुरु’, ‘सरकार राज’ र ‘रावण’ मा एकसाथ काम गरेका थिए ।

Share.

Leave A Reply