चैत २१,
स्थानीय तहको चुनावलाई निर्वाचन आयोगले केन्द्रबाटै वेव स्ट्रेमिङमार्फत अनुगमन गर्ने तयारी गरेको छ ।
संवेदनशील मतदानस्थलबाट इन्टरनेटमार्फत आयोगले केन्द्रिय कार्यालयबाटै वेव स्ट्रेमिङ मार्फत प्रत्यक्ष निगरानी गर्ने भएको हो । युरोपियन देशहरुले प्रयोगमा ल्याइरहेको प्रविधि निर्वाचन आयोगले चुनावमा पहिलोपटक प्रयोग गर्ने तयारी थालेको छ ।
गतिविधि भइरहेको स्थानमा विद्युतीय उपकरण राखी इन्टरनेटको माध्यमबाट केन्द्रसम्म त्यहाँको समग्र अवस्था हेर्न सकिन्छ । विश्वका विकसित देशहरुले लामो समयदेखि यो प्रविधि प्रयोगमा ल्याए पनि नेपालमा चुनावी प्रयोजनक लागि आयोगले पहिलोपटक प्रयोगमा ल्याउने तयारी थालेको निर्वाचन आयोगको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा कायम भएका २१ हजार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी विभाजन गरेको छ । यो प्रविधि सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मतदान केन्द्रमा प्रयोग गरिनेछ ।
संवेदनशील मतदानस्थलको निगरानी वेव स्ट्रेमिङमार्फत
0
Share.