चैत २१,
नेपाल पुलिस क्लब माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलको मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराएर पुलिस सेमिफाइनलमा पुगेको हो ।
पुलिसलाई जिताउन एकमात्र गोल अभिषेक रिजालले गरे । सोमबारको खेलमा भोला सिलवाल म्यान अफ द म्याच भए । उनले ७ हजार पुरस्कार पाए । आइतबारको खेलमा रुपन्देही ११ लाई टाइबे्रकरमा हराउँदै झापा ११ अन्तिम चारमा पुगेको थियो ।
माइभ्यालि फुटबल क्लब र जिल्ला फुटबल संघ इलामको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा योजकसहित नेपाल र भारतका चर्चित दश टिमहरु मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मि, संकटा, एपिएफ, नेपाल पुलिस क्लब, झापा ११, रुपन्देही ११ तथा भारत कोलकत्ताको दुर्गा स्टिल एफसि र भारत सिलगुडीका कञ्चनजङ्गघा फुटबल क्लव सहभागी छन् ।
यस प्रतियोगिताका बिजेताले चार लाख र उपविजेताले दुई लाख ५० हजार रुपैंयाँ पाउँछन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्ने र हाई स्कोररलाई पच्चिस हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत मंगलबार सिएमजि संकटा क्लब काठमाडौं र एपिएफ सशस्त्र प्रहरीबिच खेल हुनेछ ।
पुलिस क्लब माइभ्याली गोल्डकपको सेमिफाइनलमा
0
Share.