play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

एक व्यक्ति एउटा तहमा मात्र उम्मेदवार बन्न पाउनेः एमाले

0

चैत २१,
नेकपा एमालेले एकजना व्यक्ति राज्यका तीन तहमध्ये एउटामामात्रै उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । आज बसेको एमाले स्थायी कमिटीको बैठकले स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसदमध्ये एउटा निर्वाचनमामात्रै एकजना व्यक्ति उम्मेदवार बन्न पाउने निर्णय गरेको हो ।
यस्तै बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र निर्माण समिति पनि बनाएको छ । समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल, किरण गुरुङ, सुरेन्द्र पाण्डे, डा. पुष्प कँडेल सदस्य छन् । यस्तै, लालबाबु पण्डित, विन्दा पाण्डे, रविन्द्र अधिकारी, लालबाबु यादव र रघुबीर महासेठ पनि घोषणापत्र निर्माण समितिमा रहेका छन् ।
बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन समन्वय तथा अनुगमन समिति पनि गठन गरेको छ ।
स्थायी समितिले उम्मेदवार सिफारिसका लागि वडा कमिटीहरुलाई चैत ३० गते, गाउँ तथा नगरपालिकाहरुलाई वैशाख ४ गते, जिल्ला कमिटीहरुलाई वैशाख ७ गते र प्रदेश कमिटीहरुलाई वैशाख १० गतेसम्मको अवधि तोकेको जनाइएको छ ।

Share.

Leave A Reply