play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

वातावरण संरक्षणका लागि प्रतियोगिता

0

साउन १२ । वातावरण संरक्षणको लागि चितवनमा आयोजना गरिने अन्तर जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगिताको तयारी सुरु गरिएको छ । विद्यालय बातारण संरक्षण शिक्षा सञ्जाल नेपाल (सेन्स) चितवन,विश्व वन्यजन्तु कोष र तराई भूपरिधि कार्यक्रमको सयुक्त आयोजनामा भदौ १ र दुई गते प्रतियोगिता हुदैछ । चार वटा जिल्लाका ३० वटा समुहको सहभागिता रहने सो प्रतियोगिताको सहभागिताको लागि सेन्स चितवनको शनिवार बसेको बैठकले चितवन जिल्लामा रहेका सामुदायिक तथा निजी विद्यालयलाई आह्वान गरिएको अध्यक्ष ऋषिप्रसाद खनालले जानकारी दिए । चितवनबाट १५ वटा विद्यालयमा कक्षा ६,७,८ मा अध्ययनरत २÷२ गरी दरले ३० जना विद्यार्थी सहभागी हुने सेन्सका केन्द्रीय उपाध्यक्ष पुष्पराज मरहठ्ठाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने तीन समुह काठमाडौंमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । विद्यार्थी मार्फत वातावरण संरक्षणको सन्देश नागरिक सम्म पु¥याउने उद्देश्यले प्रतियागिता आयोजना गरिएको हो ।

Share.

Leave A Reply