play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कांग्रेसले देशलाई विधिसम्मत ढंगले चल्न नदिएको प्रधानमन्त्रीको आरोप

0

साउन,१२ ।

प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई चुनौती दिनुभएको छ । प्रधानमन्त्री ओलीले कांग्रेसले देशलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरुद्ध पारेर नागरिकको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नागरिकको दुःख हरण गर्दै लगेकोमा कांग्रेस आत्तिएको दाबी गर्नुभयो । उहाँले रेल ल्याउने, तुइन मुलुकभरबाटै विस्थापित गर्नेलगायतको कामलाई सरकारले तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोर्होयाउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले समयको अधिकतम सदुपयोग गरिरहेको दाबी गर्नुभयो । समय, वुद्धि, क्षमता, ज्ञानको सदुपयोग गरेर सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र र लोकतान्तिक आचरण र व्यवहार अनुसार अघि बढिरहेको जिकीर गर्नुभयो ।

Share.

Leave A Reply