play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पार्टी कमजोर हुनुमा कांग्रेसीहरू नै जिम्मेवार : सभापति देउवा

0

 

 

शिव गौतम
साउन १२, भरतपुर । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कमजोर हुनुमा कांग्रेसीहरू नै जिम्मेवार  रहेको बताउनुभएको छ । उहाँले नवलपुरको गैंडाकोटमा सुरु भएको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको दशौं महाधिवेशनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले निर्वाचनमा दुई कम्युनिष्ट पार्टी एक भएर अघि बढेकाले सफल भएका तर आफूहरू भने चुनावी मैदानमा एक ढिक्का हुन नसकेकाले कमजोर भएको बताउनुभयो ।
यस्तै, पार्टीका अर्का वरीष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सिद्घान्त विजयी भएको तर संगठन पराजित भएको भन्दै सोको समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका उप–सभापति विमलेन्द्र निधिले कम्युनिष्ट पार्टीले न्यायपाकिालाई आफ्नो हातमा लिन खोजेको आरोप लगाउँदै त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
कांग्रेसका महामन्त्री शशांक कोइरालाले कम्युनिष्ट पार्टीको दम्भ तोड्न पनि कांगे्रसको एकीकरण आवश्यक रहेको बताउनुभयो । त्यस्तै, सह–महामन्त्री प्रकाश शरण महतले कम्युनिष्ट पार्टीले जग नहाली धुरी लगाइदिन्छु भन्ने खालका झुटा सपना देखाउने गरेको बताउनुभयो ।

एसोसिएसनको महाधिवेशन साउन १२ देखि १३ सम्म चल्ने छ । जहाँ ३ वर्षे कार्याकालका लागि नयाँ कार्यसमिति चयन गरिने छ भने १ हजार १ सय ३१ जनाले मताधिकार प्रयोग गर्नेछन् ।

Share.

Leave A Reply