play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनासबीच इन्गेजमेन्ट भैसकेको खुलासा

0

साउन ११, अभिनेत्री प्रियंका चोपडाले अमेरिकी पप गायक निक जोनासका साथ इन्गेजमेन्ट गरिसकेकी छिन् । अमेरिकी मिडियाहरुले प्रियंकाले १८ जुलाईमा आफ्नो जन्मदिनमा निक जोनासका साथ औंठी साटासाट गरेको पुष्टि गरेका छन । खबरहरुका अनुसार प्रियंका र निकले विवाह गर्ने निर्णय गरिसकेका छन् । यस निर्णयबाट दुवै निकै खुशी रहेको खबरहरु आइरहेका छन् । निक जोनसको परिवार पनि प्रियंकाका साथ घुलमिल भइसकेको छ भने निकले पनि प्रियंकाको परिवारसँग भेटघाट गरिसकेका छन् । केही दिनअघि निक प्रियंकाका साथ उनकी आमालाई भेट्न भारत आएका थिए ।


खबरहरुका अनुसार निक र प्रियंकाको विवाह यही अक्टोबरमा हुनसक्ने सम्भावना रहेको छ । अभिनेत्री प्रियंका हिन्दू धर्मावलम्बी हुन भने निक जोनास क्रिस्चियन । तसर्थ यी दुवैको विवाह हिन्दू रीतिरिवाजमा हुने हो वा क्रिस्चियन रीतिरिवाजमा भन्ने कुराको कौतुहलता बढिरहेको छ । तर विवाह बारेमा प्रियंका र निक दुवैले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । प्रियंका र निकका फ्यानहरु भने उनीहरुको विवाह निकै कौतुहलताका साथ पर्खिरहेका छन । प्रियंका सन् २०१६ देखि बलिउड सिनेमाबाट टाढा रहेकी छिन् । उनी अमेरिकी वेब सिरिज ‘क्वान्टिको’ मा काम गरिरहेकी छिन् । प्रियंका चोपडा ३६ वर्षकी भइन भने निक जोनास २५ वर्षका हुन ।

Share.

Leave A Reply