play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चुम्लिङटारस्थित त्रिशूली नदीमा बस खस्यो, पाँच जनाको मृत्यु, २३ जना घाइते

0

चितवन, साउन ११ ।
चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो ।
सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बस सडकबाट करिब १०० मिटर तल खसेको हो । बसमा करिब ३० यात्री सवार रहेको बताइएको छ ।
घाइते २२ जनालाई उद्धार गरी उपचारका लागि भरतपुर लगिएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Share.

Leave A Reply