play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ताजा अपडेट ः त्रिशुलीमा बस खस्यो,तीनजनाको मृत्यु,दर्जनौ घाइते

0

चितवन,साउन ११

चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खसेको छ । दुर्घटनामा एक बच्चासहित तीनजनाको मृत्यु भएको छ भने दर्जनबढि घाइते भएका छन् । पोखराबाट काठमाडौंजांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुलीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसंग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते १८ जनालाई उद्धार गरि उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल खसेको उहाँले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply