play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ताजा अपडेट ः त्रिशूलीमा यात्रुबाहक बस खस्यो, उद्धार कार्य जारी

0

चितवन, साउन ११ ।
काठमाडौंबाट स्याङ्जाको वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ । मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशूलीमा खसेको हो । ना ६ ख २५०६ नम्बरको गाडी त्रिशूलीमा खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले विस्तृत जानकारी आउन केही समय लाग्ने जनाएको छ । मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशुली नदी किनारमा बस खसेको हो । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने यात्रुहरुको उद्धारमा खटिएको मुग्लिन प्रहरी खटिएको छ । घटनाको थप विवरण आउन बांकी छ । ।

Share.

Leave A Reply