साउन,११ ।
भारतको राजधानी दिल्लीको मंडावलीमा भोकका कारण तीन बालिकाको ज्यान गएको पुष्टि भएको छ । भोकको कारण दुई वर्षकी सुक्का, चार वषकी पारुल र आठ वर्षकी मानसीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरुको भोककै कारण ज्यान गएको पोष्टमार्टमबाट पुष्टि भएको हो । गएको शनिबार मंडावली पुगेका बालिकाको मंगलबार सुतेकै अवस्थामा ज्यान गएको थियो । घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।
भारतको मंडावलीमा भोकका कारण तीन बालिकाको मृत्यु
0
Share.