play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सुनसरीमा खसी तस्कर र प्रहरीबीच झडप

0

सुनसरीको सीमावर्ती क्षेत्र घुस्कीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । भारतबाट तस्करी गरेर ल्याइँदै गरेको खसीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता बाबुराम पाण्डेले  दिएको जानकारी अनुसार स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास हानिएको थियो । तर, अवस्था नियन्त्रणमा नआएपछि हवाइफायर समेत भएको थियो ।

‘अहिले त्यहाँ जिल्लाबाट थप प्रहरीको टोली समेत पुगेको जानकारी आएको छ’, उनले भने, ‘केही घाइते भएको समेत बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।’

प्रारम्भिक सूचना अनुसार खसीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएको थियो ।

Share.

Leave A Reply