play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रोटरीद्धारा रत्ननगर अस्पताललाई डायलासिस मेसिन सहयोग

0

साउन ०९। रोटरी इन्टरनेशनलले रत्ननगर अस्पतालाई आज तीन वटा डायलासिस मेसिन सहयोग गरेको छ । रोटरीले गरेको सहयोग संगै थप रत्ननगर अस्पतालमा डायलासिस मेसिनको संख्या ९ पुगेको छ । रोटरी इन्टरनेशनको ग्लोवल ग्राण्ट परियोजना अन्तर्गत रोटरी डिष्ट्रिक २८२० जापान र रोटरी इन्टरनेशनलले करिव ३८ लाख मुल्य बरावरको मेसिन अस्पताललाई सहयोग गरेको रोटरीका असिष्टेन गर्भनर राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । रत्ननगरमा आयोजित एक विशेष कार्यक्रममा रोटरीका नेतृत्वकर्ता योगेन्द्रमान प्रधान,गोहेन्द्रराज श्रेष्ठले अस्पतालका अध्यक्ष देवन्द्रकुमार श्रेष्ठलाई मेसिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर नारायण वनले रत्ननगर अस्पतालले प्रदान गरेको डायलासिस सेवा नेपालमै उत्कृष्ट रहेको दाबी गरे । शान्ति मेड नेपालको सहयोग र राष्ट्रिय मृर्गौला उपचार केन्द्र काठमाडौंको सहकार्यमा रत्ननगर अस्पतालमा २०७२ साल मंसिबाट मृर्गौला उपचार केन्द्र केन्द्र सञ्चालन गरिएको अस्पतालका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका अध्यक्ष ऋषिकुमार काफ्लेले नेपालका ३० हजार व्यक्तिको मृगौला फेल भएको बताए । मधुमेह र उच्च रक्तचाप भएका विरामीको मृर्गौला फेल हुने सम्भावना अधिक हुने भन्दै उनले मृर्गौला जोगाउन खानपान र रहनसहनलाई ध्यान दिनुपर्ने बताए । रत्ननगर अस्पतालमा चितवन सहित नवलपरासी,धादिङ,बुटवल,मकवानपुर,वारा,पर्सा,रौतहट लगायतका जिल्लाबाट विरामीहरु डायलासिस गराउन आउने गरेको उनले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगर,रोटरी क्लव अफ भरतपुर,रोटरी क्लव अफ नारायणगढ,रोटरी क्लव अफ चितवन,रोटरी क्लव अफ नारायण मीड टाउन र रोटरी क्लव अफ गैंडाकोटको विशेष पहलमा अस्पताललाई मेसिन सहयोग गरिएको हो ।

Share.

Leave A Reply