play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पाकिस्तानमा आमनिर्वाचनका उम्मेदवारको हत्या

0

साउन ७, ।
पाकिस्तानमा आगामी बुधवार हुन लागेको आमनिर्वाचनका उम्मेदवारको हत्या गरिएको छ । गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएको पाकिस्तानी सञ्चारमाध्यम पीटीआइले जनाएको छ ।
आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरूलाई लक्ष्य गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन । आफ्ना उम्मेदवारको हत्या भएको भन्दै पीटीआई प्रमुख इमरान खानले दुस्ख व्यक्त गरेका छन ।
चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १७० जना मारिइसकेका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढिरहेका छन ।

Share.

Leave A Reply