play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

स्थानीय चुनावका लागि मतदाता नामावली आज टुंगो लाग्ने

0

चैत २० – स्थानीय चुनावका लागि मतदाता नामावली आइतबार टुंगो लाग्दैछ । मतदाता नामावलीको काम अन्तिम चरणमा रहेको र बेलुकासम्ममा टुंगो लाग्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

१ करोड ४० लाखको हाराहारीमा मतदाता हुने अनुमान गरिएको छ । मतदाता नामावलीको काम टुंगिनासाथ मतदाता छपाइको काम सुरु हुनेछ । आयोगको कार्यालयमै मतदाता परिचयपत्र छपाइ गरिने छ । सोमबारदेखि मतदाता परिचयपत्र छाप्नेगरी प्रिन्टिङ सेटअपको काम भइसकेको छ ।

यस्तै आयोगले मतदान केन्द्रको संख्या निर्धारण पनि लगभग अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश नम्बर २ बाट केन्द्र सिफारिस नभएकाले त्यहाँका ६ जिल्लामा के गर्ने भन्ने टुंगो लाग्नासाथ मतदान केन्द्र निर्धारण हुनेछ । यसबारेमा आयोगले निर्णय गर्न बाँकी रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

आयोगले दुई नम्बर प्रदेशका ६ जिल्लामा पुरानै निर्वाचन केन्द्र निर्धारण गर्ने तयारी गरिरहेको छ । बारा र पर्साबाट भने मतदान केन्द्रको सफारिस आइसकेको छ ।

Share.

Leave A Reply