साउन ५ । शिक्षक आन्दोलन र गुणस्तरीय शिक्षामा सरोकारबालाहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ चितवनले आयोजना गरेको सो कार्यक्रममा महासंघका माग,गुणस्तरीय शिक्षाको लागि अपनाउनु पर्ने रणनीति र कार्ययोजना लागयतका विषयमा छलफल भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव पुष्पराज महरठ्ठाले जानकारी दिए । जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेकपाका नेता यमबहादुर परियार,तेजेन्द्र खडका, नेपाली काँग्रेसका जिल्ला सचिव राजिब न्यौपाने,नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सचिव ध्रुवराज पोखरेल,शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्र सुवेदी,नेपाल बार एसोसियसन चितवनका अध्यक्ष गोपिलाल देबकोटा,पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ,नेपाल अभिभावक संघका केन्द्रीय सदस्य टेक बहादुर थापा,भरतपुर माविका अध्यक्ष नरेन्द्र कन्दङवा,नेपाल शिक्षक महासंघ चितवनका सचिव रामजी भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरेको अध्यक्षतमा भएको थियो ।
गुणस्तरीय शिक्षाबारे अन्र्तक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न
0
Share.