play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

इंग्लिस प्रिमियर लिगः लिभरपुल तेस्रो स्थानमा उक्लियो

0

चैत १९,
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले इभर्टनलाई ३–१ गोल अन्तरले हराएको छ । लिभरपुलले मानको गोलमा खेलको आठौँ मिनेटमा नै अग्रता लिएको थियो । त्यसपछि इभर्टनका पेनिङटनले २८ औँ मिनेटमा गोल गरेर खेल बराबरी बनाए । लगत्तै ३१ औँ मिनेटमा काउटिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यस्तै ओरिगीले ६० औँ मिनेटमा गोल गरेर ३–१ को अग्रता दिलाए । जितसँगै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ ।लिभरपुलको ३० खेलबाट ५९ अंक भएको छ । शीर्ष स्थानमा रहेको चेल्सीको २८ खेलबाट ६९ छ । दोस्रो स्थानमा रहेको टोटनहृयामको २८ खेलबाटै ५९ अंक छ । चौथो स्थानमा झरेको म्यानचेष्टर सिटीको २८ खेलबाट ५७ अंक छ ।

Share.

Leave A Reply