play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नवलपरासीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिने

0

असार ३०, नवलपरासीको धौवादीमा भेटिएको भनिएको फलाम खानी सम्वन्धमा आगामी आर्थिक वर्षबाटै सम्भाव्यता अध्ययन हुने भएको छ । खानी तथा भूगर्भ विभागले आगामी आर्थिक वर्षबाटै सम्भाव्यता अध्ययन प्रक्रिया शुरु गर्ने जनाएको हो । विभागले गरेको प्रारम्भिक अध्ययनका क्रममा धैवादीमा फलाम रहेको पुष्टि भएपनि कति परिमाणमा छ भन्नेबारेमा भने स्पष्ट भइनसकेको विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनालले जानकारी दिनुभयो । सो क्षेत्रमा ३० मिटरको गहिराईदेखि १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको हुनसक्ने आंकलन गरिएको छ । विभागले डेढ साताअघि गरेको अध्ययनको प्रतिवेदनलाई अनुसन्धनाका लागि चीनको छेन्दुस्थित एक सरकारी अनुसन्धन केन्द्रमा पठाईएको छ । सो अनुसन्धनको अध्ययन प्रतिवेदनका लागि ३ महिनाको समय दिईएको महानिर्देशक खनालले जानकारी दिनुभयो । चिनियाँ अनुसन्धन प्रतिवेदनका अधारमा फलाम खानीको सम्भाव्यता अध्ययन प्रक्तीया आगामी आर्थिक वर्षबाटै शुरु गरिने खनालको भनाई छ । नेपालमा पेट्रोलियम, धातु लगायत खनिज प्रदार्थको पर्यप्त सम्भावना रहेपनि अनुसन्धान प्रभावकारी हुन सकेको छैन ।

Share.

Leave A Reply